काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ ।








