काठमाडौं । नेपाली कांग्रेसले प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपिल गरेको छ ।
कांग्रसले एक बिज्ञप्ती जारी गर्दै भनेको छ ‘सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, संभावित विपद सामना गर्न जिम्मेवार ढंगले सबै जुटौं । सरकार, दलहरू र सम्पुर्ण नेपालीमा नेपाली काँग्रेस हार्दिक आह्वान गर्दछ । साथै नेपाली काँग्रेसको सबै तहका साथीहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपदसँग जुध्न स्वयंसेवि भावना साथ कार्य गर्न अपील गर्दछ ।’
गत बर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पुर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरुलाई मार नपर्नेगरी काम गर्न आब्हान गरेका छन् । ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् ।









