प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेका छन ।
प्रधानमन्त्री कार्की र संचारमन्त्री खरेलले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको उनीहरुको सचिवालयले जनाएको छ ।

मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।”








