चितवनको नारायणगढ मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै फेरि ठूलो पहिरो गएको छ ।मंगलबार साँझ पहिरो गएसँगै सडक आवागमन दुईतर्फी रुपमा बन्द भएको हो ।

निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिंएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ । वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ ।

यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।