नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले तिन जना मन्त्री टुंगो लगाएकी छन्।

अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृह मन्त्रीमा ओम प्रकाश अर्यालको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन्।

उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

ऊर्जा मन्त्रालय सम्हाल्न लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।

त्यस्तै, अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्।

उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्।

उनीहरुको सपथग्रहण भोली हुने भएको छ ।