गृहमन्त्री रमेश लेखकले राजनीमा दिने निर्णय गरेका छन् ।

आज साँझ बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले यसबारे जानकारी गराएका हुन् । ‘अकल्पनीय मानवीय क्षति भयो, मैले नैतिकता देखाउनुपर्छ, म राजनीनामा दिन्छु’, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए ।

सोमबार बिहानदेखि जेनजी पुस्ताले गरेको आन्दोलनले उग्र रूप लिँदा र सरकारी दमन हुँदा देशभर १९ जनाको मृत्यु भएको छ ।