जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








