नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्थान (नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट)ले २१ अगस्ट २०२५ मा आफ्नो सेमिनार हलमा “नेपाल–चीन सम्बन्धका ७० बर्ष” विषयमा सेमिनार सम्पन्न गरेको छ ।
कार्यक्रममा वक्ताको रुपमा नेपाल अध्ययन केन्द्र दक्षिण एसिया अध्ययन संस्था, सिचुवान विश्वविद्यालयका निर्देशक डा. ह्वाङ झेङदोउ र उपनिर्देशक डा. गाओ लियाङ थिए । यस सत्रको अध्यक्षता अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख डा. लीला न्याइच्याईले गर्नुभएको थियो । कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता, र नीति निर्माताहरु सहभागी भई नेपाल–चीन सम्वन्धका सात दशकलाई प्रतिबिम्बत गदै भविश्यका सम्भावनाहरूमा छलफल गररएको थियो ।
प्रोफेसर ह्वाङ झेङदोउले चीन–नेपाल द्धिपक्षीय व्यापारको मात्रा हालका वर्षहरूमा बृहत रूपमा बढेको उल्लेख गदै बेल्ट एण्ड रोड इनिसिएटिभ अन्र्तगत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन सकिने बताए । तर उनले दीर्घकालीन रूपमा कायम रहेको व्यापार असन्तुलनलाई प्रमुख चुनौतीका रूपमा औल्याए । उनले उच्च गुणस्तरयुक्त र दिगो विकास हासिल गर्नका लागि नेपाली स्थानीय उद्यमहरूसँग सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिए । चीन–नेपाल मैत्री औद्योगिक पार्कको प्रसङ्ग गदै, जसले १ लाख रोजगारी सिर्जना गनेर नेपालको औद्योगिक क्षेत्रलाई रूपान्तरण गर्ने परिकल्पना गरिएको थियो । उनले जमिन अधिग्रहणमा न्यून क्षतिपूर्तिका कारण देखिएका स्थानीय विरोध र दशकभर प्रगति नभएको अवस्थालाई औल्याए । उनले चीन र नेपालका उद्यमबीच सकारात्मक अन्र्तक्रिया बढाउन सके मात्र बेल्ट एण्ड रोड पहलका परियोजनाहरूको वास्तविक सम्भावना उपयोग गर्न सकिने बताए ।

डा. गाओ लियाङले सुरक्षा, वातावरण र अन्य देशहरूसँगको प्रतिस्पर्धा चीन–नेपाल सहकार्यका प्रमुख पक्ष भएको औल्याए । उनले चीनको विकास नीतिमा आन्तरिक राजनीतिले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गदै, नेपाल चीनका लागि केवल सुरक्षा दृष्किोणबाट मात्र होइन, क्षेत्रीय विकास र सम्पर्क विस्तारका हिसाबले पनि रणनीतिक महत्व राख्छ भन्ने विचार प्रस्तुत गरे । उनले नेपालको आर्थिक वृद्धिमा चीनको वास्तविक प्रतिबद्धता रहेको उल्लेख गदै, जलविद्युत व्यापारको उदाहरण दिए, जसले नेपाललाई आय सिर्जना गर्न मद्दत गर्नेछ र ऊर्जा सहकार्यलाई बढावा दिनेछ । साथै, दुवै देशका लागि विविधतापूर्ण बाह्य सम्पर्क विस्तार आवश्यक रहेकोमा जोड दिँदै उनले अन्त्यमा दीर्घकालीन सम्बन्धलाई पुष्टि गदै भने “चीन–नेपाल मैत्री दीर्घजीवी होस् ।”
लिपुलेक नाकाबाट व्यापार गर्ने भारत–चीनबीचको हालैको सम्झौता बारे प्रश्न उठ्दा डा. गाओले चीन कुनै पक्षमा नरहेको र नेपाल–भारतबीचको संवादमार्फत यो विषय समाधान होस भन्ने चाहना रहेको बताए । उनले हालको कदम यथास्थितिमा आधारित भएर गरिएको हो भन्ने कुरा उल्लेख गरे । उनले भने, “मेरो विचारमा भारत र चीनबीचकै सीमा अझै पूर्णरूपमा निर्धारण भएको छैन, चाहे भारत–चीनबीच होस वा भारत–नेपालबीच, यस प्रकारका सम्झौताहरू अन्तिम सिमाना निर्धारणका लागि बस्दा खासै महत्वपूर्ण हुने छैनन ।’’








