पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो।

साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको छानबिन प्रतिवेदनका आधारमा आज मुद्दा चलाइएको हो।

गैर कानुनीरुपमा सामग्री प्रकाशन/प्रशारण गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यस्तै पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।