प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधकाबीच देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाएका छन ।
२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू रास्वपा र राप्रपाले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।








