नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
केहीबेरअघिदेखि विद्युतीय मेसिनबाट मतदान सुरु भएको हो । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।
मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।








