विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेबाट संसद अवरोध गर्दै आएका छन् ।

सत्तापक्ष छानबिनका लागि तयार नहुँदा र विपक्षी पछाडि नहट्दा संसद अगाडि बढ्न नसकेको हो । प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।