नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गरिएको छ ।
आज गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा। विश्वनाथ पौडेल, राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकले सिफारिस गरिएकामध्ये एकजनालाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।








