नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो । बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।