राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।
लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिट दायर गरेका थिए ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा फुयाँलले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले हेर्न नमिल्नेमा परेको हो ।








