रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।
आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् ।
उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ ।








