समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।
र्याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ।
विभिन्न ठाँउबाट सुरु भएको विरोध प्रदर्शनसहितको र्याली भृकुटीमण्डपमा एकत्रित भैरहेको छ ।
सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।
आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।








