नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान प्रक्रिया सुरू भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
यहाँ १७ वर्षपछि स्ववियू चुनाव हुन लागेको हो ।
क्याम्पसको प्रशासन र चुनावी समितिका अध्यक्षहरूले सुरक्षा व्यवस्थासहित मतदान प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने दावी गरेका छन् । मतदान स्थलमा युवाहरूको जोस र उत्साह झल्किरहेको छ ।















