काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ ।
विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो ।
होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।
तस्बिर : बिजेन अमात्य

















