माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।
सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ ।








