सहकारीमा आफूहरूले जम्मा गरेको बचत रकम फिर्ताको पहल गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् ।
महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले निवेदन दिएका हुन् । उनीहरूले आफूहरूको ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन माग गरेका हुन् ।
महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् ।








