इ–नेवल नेपालले अमेरिकन प्रविधिद्धारा निर्माण भएको कृतिम हात वितरण गरेको छ ।

जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात गुमाएका व्यक्तिहरुको सहजताका लागि संस्थाले निःशुल्क हात प्रदान गरेको हो ।

इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको विशेष उपस्थितिमा संस्थाले आज एक कार्यक्रमकाबीच १० जना हत्केला नभएका मानिसहरुलाई प्राविधिकहरुको सहयोगमा कृतिम हात प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै पूर्वसचिव उपाध्ययले इ–नेवल नेपालले हात नभएका मानिसहरुका लागि एकदमै ठूलो सहयोग गरेको बताए । सामाजिक संजालको माध्यमबाट आफूले पनि धेरै अपांग व्यक्तिहरुलाई सहयोग गरिसकेकोले समस्यामा परेकाहरुले आफूलाई नै गुहार्ने गरेको हुँदा कतिपय मानिसहरुलाई इ–नेवल नेपालमा सम्पर्क गर्न आग्रह गर्ने गरेको उनले बताए ।

इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण

साथै आगामी दिनहरुमा पनि यस्तो पुन्यको कार्यलाई निरन्तरता दिदै जान आग्रह गर्दै उनले संस्थालाई आफ्नोतर्फबाट गर्नुपर्ने साथ र सहयोग निरन्तर गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

इ–नेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले संस्थाले यसभन्दा अघि १६ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई कृतिम हात प्रदान गर्दै आएकोमा अहिले सबै उमेर समुहलाई हुनेगरिको निःशुल्क हात प्रदान गरेको जानकारी दिए ।

साथै आगामी दिनमा सबैको साथ र सहयोग पाएमा यसलाई परिस्कृत गर्दै अझ राम्रा हातहरु निर्माण गर्ने तथा कृतिम खुट्टाहरु पनि बनाएर वितरण गर्ने प्रतिवद्धता जनाए ।

इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण

त्यस्तै संस्थाका महासचिव दिनेश राजभण्डारीले संस्थाको बारेमा जानकारी दिदै संस्थाले करिब ३ सय भन्दा बढी बालबालिकाहरुलाई निःशुल्क हात वितरण गरिसकेको जानकारी दिए ।

अमेरिकन प्रविधिबाट निर्माण भएको हात वयस्क व्यक्तिहरुलाई पहिलोपटक प्रदान गरिएको बताउँदै उनले उक्त कृतिम हातबाट काम गर्न मिल्ने तथा बाइक, स्कुटर, साइकल समेत चलाउन मिल्ने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा यूरो किड्सका अध्यक्ष नवराज काफ्लेले आफूलाई पनि इ–नेवल नेपालसँग सहकार्यगरि सामाजिक कार्यमा जोडिन इच्छा भएको बताए ।

उनले आफ्ना विद्यालयका बालबालिकाहरुलाई पनि सामाजिक कार्यमा जोड्नका लागि विद्यार्थीहरुको जन्मदिनमा हुने खर्चको थोरै रकम संकलन गरि ‘वर्थडे फन्ड’ बनाएर त्यस रकमबाट हात नभएका बालबालिकाहरुलाई कृतिम हात प्रदान गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण

इ–नेवल नेपालका उपाध्यक्ष हेमन्त गौतमले संस्थाले भावी दिनहरुमा पनि अपांग व्यक्तिहरुको पहिचान गरि निरन्तर सहयोग गर्ने बताए । साथै हात नभएका व्यक्तिहरुले संस्थामा सम्पर्क गरि आफ्नो परिचय खुलाई कृतिम हात लैजानका लागि समेत उनले आग्रह गरे ।

नेपालका विभिन्न जिल्लाहरुबाट आएका अपांग व्यक्तिहरु कृतिम हात पाएपछि दंग देखिन्थे । लामो समयदेखि हात नहुदा समस्या भोगेकाहरु इ–नेवलले प्रदान गरेको हात पाउदा र यी हातबाट सबै कामहरु गर्न मिल्ने हुनाले पनि खुशी देखिन्थे ।

कार्यक्रमको अन्त्यमा संस्थाका प्राविधिकहरुले कृतिम हात प्रयोगको तरिका र त्यसको महत्वको बारेमा जानकारी दिएका थिए ।