नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज बिहीबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
दसैंका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रमलाई पनि सो समूहले संघर्षकै रूप भनेको छ ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् ।
कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दबाब दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए । तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएनन् ।
जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतले समान अवसर र न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन् ।
पार्टीले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पनि उनीहरूले माग गरेका छन् ।
सभापति शेरबहादुर देउवाले समानुपातिक सूची संशोधन गर्न सकिने भने पनि उनीहरूले आन्दोलनका पूर्ववत कार्यक्रमलाई जारी राखेका हुन् ।








