प्रतिनिधि सभाको आजको शुन्य समयमा सांसदहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको पार्टी सदस्य भएको भन्ने विषय सत्य हो या होइन यकिन गर्न आग्रह गरेका छन ।
सांसदहरुले खोटाङ जिल्ला नेकपा एमालेको सदस्यको रुपमा एम अधिकारीको नामबाट गभर्नर महाप्रसाद अधिकारीको सदस्यता रहेको विषयमा जानकारी माग गरेका हुन ।
नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले देशमा बढ्दो आर्थिक समस्या समधान गर्न र राष्ट्र बैंकले शेयर बजारलाई व्यवस्थित गर्न भनेर ल्याएको ४/१२ को नियम प्रभावकारी नभएकोले पुनर्विचार गर्न गभर्नर एमालेका सदस्य एम अधिकारीलाई होइन, गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्दछु भन्दै व्यंग्यात्मक विरोध गरे ।
माओवादी केन्द्रका सांसदहरुले एम अधिकारीको नामबाट एमाले सदस्य रहेका गभर्नर नै भएको पुष्टि भएको दावी गरे ।








