संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गरेकी थिइन ।

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूचि