आरोग्य सेवाले सोलुखुम्बुको सोताङमा स्वास्थ्य उपकरण प्रदान गरेको छ । आरोग्य सेवा भोलेन्टियर एलाईन्सले झण्डै तीनलाख रुपैया बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको हो ।
आरोग्य सेवाका भोलेन्टियर नबिन मलेस र पुनिथले दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउने उद्धेश्यले स्वास्थ्य सामाग्री बितरण गरेको जानकारी दिए । दुर्गम क्षेत्रका जनता स्वास्थ्य क्षेत्रबाट बञ्चित रहेकाले सोताङको स्वास्थ्य चौकीलाई औषधिसहित स्वास्थ्य उपकरण हस्तान्तरण गरीएको हो ।

यस अघि पनि आरोग्य सेवाले संखुवासभाको वालुङ स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरण सहयोग गरेको छ । संस्थाले आपतकालिन समयमा अप्ठ्यारोमा परेका जनतालाई स्वास्थ्यलगायत, लत्ता कपडा, खाद्यान्नलगायतका सामाग्री बितरण गर्दे आएको छ । संस्थाका volunteer Naveen Mallesh र Puneeth ले एक कार्यक्रमबाबीच सोलुखुम्बु पुगेर स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।








