नेपालमा चुनावी माहोल चलिरहेका बेला राहुल गान्धी ५ दिने छुट्टी मनाउन काठमाडौं आएका छन्।
भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता गांधी यो समयमा नेपाल आउनुलाई महत्वका दृष्टिले हेरिएको छ।
उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्। यसअघि उनी नेपाल आउँदा होटल र्याडिसनमा बसेका थिए।
नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ।
यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए।








