आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिने भएका छन । निर्वाचन आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ ।
७९ वटा मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।
स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी काठमाडौंमा राष्ट्रिय दलबाहेक ४० दलले भाग लिने भएका छन भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय दलबाहेक पाँच-पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् । राष्ट्रिय दलसहित काठमाडौमा ४६ र मनाङ, मुस्ताङ र डोल्पामा ११ दलले भाग लिने भएका हुन ।
सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने जानकारी दिएका छन ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९६६ मतदानस्थल कायम गरेको जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रयोजनाका लागि यही चैत १५ गतेदेखि कल सेन्टर ९११०२० प्रयोगमा आउने प्रवक्ता पौडेलले जानकारी दिए ।
राष्ट्रिय दलको मान्यता पाएका ६ वटा बाहेक कुन जिल्लामा कति दल सहभागी ?
ताप्लेजुङ : ९
पाँचथर : ८
इलाम : ११
संखुवासभा : ११
तेह्रथुम : ९
धनकुटा : १२
भोजपुर : १०
खोटाङ : १३
सोलुखुम्बु : १३
ओखलढुंगा : १३
उदयपुर : २२
झापा : ३०
मोरङ : ३३
सुनसरी : ३२
सप्तरी : २८
सिरहा : २६
धनुषा : २६
महोत्तरी : २०
सर्लाही : २९
रौतहट : ३०
बारा : २९
पर्सा : २७
दोलखा : १६
रामेछाप : १८
सिन्धुली : २०
काभ्रेपलाञ्चोक : २४
सिन्धुपाल्चोक : १९
रसुवा : १२
नुवाकोट : २२
धादिङ : २१
चितवन : २८
मकवानपुर : २४
भक्तपुर : २८
ललितपुर : ३१
काठमाडौं : ४०
गोरखा : १२
लमजुङ : १२
तनहुँ : १७
कास्की : २५
मनाङ : ५
मुस्ताङ : ५
पर्वत : १४
स्याङ्जा : १३
म्याग्दी : १४
बागलुङ : १३
नवलपरासी पूर्व : १६
नवलपरासी पश्चिम : २१
रुपन्देही : ३२
कपिलवस्तु : २१
पाल्पा : ९
अर्घाखाँची : ११
गुल्मी : ११
रुकुम पूर्व : ७
रोल्पा : ७
प्युठान : ९
दाङ : २१
बाँके : २३
बर्दिया : २०
रुकुम पश्चिम : ७
सल्यान : ७
डोल्पा : ५
जुम्ला : ८
मुगु : ९
हुम्ला : ९
कालीकोट : १४
जाजरकोट : ७
दैलेख : ८
सुर्खेत : १९
बाजुरा : ९
बझाङ : ७
डोटी : ९
अछाम : १०
दार्चुला : १०
बैतडी : १०
डडेलधुरा : १०
कञ्चनपुर : १९
कैलाली : २३








