पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १४४२ एन्टिजेन परीक्षणमा ८ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५१ रहेको छ ।








