पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
२ हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९५० पुगेको छ ।








