प्रधानमन्त्री शेरबहादुर देउवाले मर्यादित रूपमा होली पर्व मनाउन आम नेपालीहरूमा आग्रह गरेका छन् ।

फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्र गरेका हुन् । फागु पूर्णिमा अर्थात् होली पर्वको विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताउँदै उनले मर्यादित रूपमा होली खेल्न सबैमा आग्रह गरेका छन् ।

होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले कोभिड–१९ को संक्रमण रोकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।