पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ जना र २५२७ एन्टिजेन परीक्षणमा ३५ जनामा गरी ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४२९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९४९ पुगेको छ ।








