नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका छन ।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिएका हुन ।
हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको वितण्डा सहन नसक्ने अवस्थामा पुगेको भन्दै नेता नेपालले संसद भंग गर्दा संसद पनि नरहने र ओलीको वितण्डा पनि सकिने बताए ।








