सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको छ ।

फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज बस्न लागेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको केन्द्रीय सदस्य दीलिप महर्जनले जानकारी दिए । तर समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भन्दै भोलिसम्मको लागि स्थगित भएको उनले बताए ।

यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गरेका थिए । संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल गरिएको थियो ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरुले एमसीसीमा फरक मत राखेका थिए ।