सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक आइतबार बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारदेखि शुरू भएको हो ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठनलगायत एजेण्डामा छलफल हुने बताइएको छ ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।