नेपाल प्रहरीको साइबर ब्यूरोले जथाभाबी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुठा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
यदि जथाभावि प्रयोग गरेको पाइएमा गरेमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ।









