राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदायले मनाउँने महान पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएकी छिन ।

उनले आज बिहिबार शुभकामना सन्देशमा विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको समेत बताएकी हुन । यसले राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन सहयोग गरिरहेको उनको तर्क छ ।

त्यस्तै,सो पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन समेत प्रेरणा प्रदान गर्ने सन्देशमा उल्लेख गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि ग्याल्बो ल्होछारका अवसरमा नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन । उनले ग्याल्पो ल्होछारले नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा समेत प्रकट गरे ।

त्यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ग्याल्पो ल्होछार अवसरमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजु९भाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताउँदै प्रत्येक जातजातिका आ९आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान समेत भएको उनले बताए ।

आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको समेत उनले बताएका छन ।