पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ र २२०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९४१ पुगेको छ ।








