प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत एमसीसीबारे आ-आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन ।

आज मंगलबार पत्रकार सम्मेलन गरी एमसीसीबारे धारणा सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ । प्रचार विभाग एवम् प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको छ,’ रिजालले भने ।

यस्तै एकीकृत समाजवादीले दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको जनाएको छ । उक्त अवसरमा अध्यक्ष माधव नेपालले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने जनाइएको छ ।