राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ ।
संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
सोमबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले यस्तो घोषणा गरेको हो । यससँगै पाँच दलीय गठबन्धन फुटेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’








