प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक आइतबारसम्म स्थगित गरेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो ।

अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा नै सहमति नहुँदा त्यसमाथिको छलफल प्रभावित हुँदै आएको छ ।

सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक पुन: स्थगित, अर्को बैठक आइतबार बस्ने