शुक्रबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद्का महासचिव डा भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन ।

यस्तै सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रधानमन्त्रीको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको हो।

बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्षनेतासँग छलफल गरेका छन ।

शुक्रबार बस्ने संसद्‍ बैठकको कार्यसूची यस्तो छ, एमसीसीमाथि छलफल हुने