प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन नयाँ बानेश्वरमा छलफल शुरु भएको छ ।
प्रतिनिधि सभा बैठकमा भाग लिन पुगेका दुई शीर्ष नेताबीच भेटवार्ता शुरु भएको हो ।
आजको प्रतिनिधीसभा वैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्न समय मागेपछि बैठक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सम्झौतालगायतका विषयमा छलफल भएको छ ।
उक्त भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहभागी छन ।








