सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।

बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।