नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको छ ।
साथै, साथै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।









