प्रतिनिधिसभाको आजको बैठक सकिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभाको आजको बैठकमा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८’ पेश भएको छ ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा सो पेश हुन सकेन ।

अर्को बैठक फागनु ८ गते आइतबार दिनको १ बजे बस्ने सभामूख अग्नि सापकोटाले जानकारी गराए ।