सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसको बिरोधमा उत्रिएका १४८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १३६ पुरुष र १२ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबीच नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । उनका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये चार जनाको बीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका छन् ।








