सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन ।
बुधबार बिहान साढे ११ बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सचिवालयले जनाएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।
आजको संसद् बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । यसै विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
तर, मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन ।








