पटकपटक सरेर बुधबारका लागि तय भएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसदका महासचिव डा भरतराज गौतमले मंगलबार सार्वजनिक गरेका हुन ।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक