नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रस हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ’ उनले भने ‘फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुनेछ ।’

यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उनले बताएका छन ।

काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने